काठमाडौं । लगातार ६ कारोबार दिनको गिरावटपछि मंगलबार सेयर बजारमा हरियाली फर्किएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको छ। कारोबार सुरु हुँदा बजारमा केही दबाब देखिए पनि त्यसपछि क्रमशः गिरावट रोकिँदै अन्तिम समयमा बजार सकारात्मक बनेको हो। ...