ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ३ : ४५   बजे

काठमाडौं । लगातार ६ कारोबार दिनको गिरावटपछि मंगलबार सेयर बजारमा हरियाली फर्किएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको छ।

कारोबार सुरु हुँदा बजारमा केही दबाब देखिए पनि त्यसपछि क्रमशः गिरावट रोकिँदै अन्तिम समयमा बजार सकारात्मक बनेको हो। दिनभरको कारोबारपछि नेप्से ९ अंकभन्दा बढीले बढेर बन्द भएको हो।

सूचकमा सुधार आए पनि कारोबार रकम भने कमजोर देखिएको छ। मंगलबार लगानीकर्ताले कुल २ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका छन्।

पछिल्ला ६ कारोबार दिनमा बजारमा औसतमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको थियो। त्यसको तुलनामा मंगलबार कारोबार रकम घटेको हो।

बजार बढे पनि सबै कम्पनीको सेयरमूल्य भने उकालो लागेन। मंगलबार १८१ कम्पनीको सेयरमूल्य बढ्दा ८४ कम्पनीको मूल्य घटेको छ।

माथिल्लो मैलुङ खोला अगाडि

सेयरमूल्य बढ्ने कम्पनीमध्ये माथिल्लो मैलुङ खोला जलविद्युत् अगाडि रहेको छ। कम्पनीको सेयरमूल्य ७.१५ प्रतिशतले बढेको छ।

यता, सेयरमूल्य घट्नेमा उपकार लघुवित्त वित्तीय संस्था अगाडि रहेको छ। कम्पनीको सेयरमूल्य ८.४८ प्रतिशतले घटेको छ।

कारोबारमा सोलु हाइड्रोपावर अगाडि

कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको करिब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समग्रमा, लगातार ६ दिनको गिरावटपछि नेप्सेमा सुधार देखिए पनि कारोबार रकम घट्नुले बजारमा लगानीकर्ताको सक्रियता अझै कमजोर रहेको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

अर्थतन्त्र सुधारका नीति किन भए असफल? सस्तो कर्जादेखि आयात प्रतिबन्धसम्मको कथा

भोटेकोसी बाढीबाट भएको क्षतिमा २५ अर्ब ८७ करोडको बीमा दाबी

नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारससम्म सिधा रेल सेवा सुरु

‘भरे कुरा गरौँला’ भन्दै छुटेका सविन, ‘दिउँसो फोन गर्छु’ भनेका सुमन फर्किएनन्

भारतको अर्थतन्त्र ७.८ प्रतिशतले बढ्यो, मोदीले भने– ‘निराशावादीहरू गलत साबित भए’

सुनको भाउ लगातार पाँचौँ दिन घट्यो, पाँच दिनमा १६ हजार रुपैयाँ सस्तियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu