ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको अर्थतन्त्र ७.८ प्रतिशतले बढ्यो, मोदीले भने– ‘निराशावादीहरू गलत साबित भए’


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ११ : २५   बजे

काठमाडौं । भारतको चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्ममा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.८ प्रतिशतले वृद्धि भएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले यस अवधिमा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेकोमा वास्तविक वृद्धि अपेक्षाभन्दा बढी भएको हो ।

भारतको तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अनुसार समीक्षा अवधिमा भारतको वास्तविक जीडीपी करिब ८१.३६ लाख करोड भारतीय रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो करिब ७५.४६ लाख करोड रुपैयाँ रहेको थियो । विश्वव्यापी आर्थिक अनिश्चितता, इन्धनको मूल्यवृद्धि तथा आपूर्ति शृंखलामा देखिएका समस्याका बाबजुद भारतीय अर्थतन्त्रले बलियो वृद्धि हासिल गरेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जीडीपी वृद्धिलाई ठूलो उपलब्धिका रूपमा व्याख्या गर्दै निराशावादीहरू गलत साबित भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले भारतीय नागरिकहरूको सामूहिक प्रयासका कारण अर्थतन्त्रले अपेक्षाअनुसारभन्दा राम्रो प्रदर्शन गरेको बताएका छन् ।

तर प्रमुख विपक्षी दल कांग्रेसले भने आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिकमा देखिएको ७.८ प्रतिशत जीडीपी वृद्धिको तथ्यांकलाई अर्थतन्त्रको ‘अत्यधिक विकृत चित्र’ भन्दै आलोचना गरेको छ । कांग्रेसले सरकारी तथ्यांकले वास्तविक आर्थिक अवस्थालाई पूर्ण रूपमा प्रतिबिम्बित नगरेको दाबी गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

अर्थतन्त्र सुधारका नीति किन भए असफल? सस्तो कर्जादेखि आयात प्रतिबन्धसम्मको कथा

भोटेकोसी बाढीबाट भएको क्षतिमा २५ अर्ब ८७ करोडको बीमा दाबी

६ कारोबार दिनपछि नेप्सेमा हरियाली, सूचक ९ अंकले बढ्यो

नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारससम्म सिधा रेल सेवा सुरु

‘भरे कुरा गरौँला’ भन्दै छुटेका सविन, ‘दिउँसो फोन गर्छु’ भनेका सुमन फर्किएनन्

सुनको भाउ लगातार पाँचौँ दिन घट्यो, पाँच दिनमा १६ हजार रुपैयाँ सस्तियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu