काठमाडौँ, १ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ । पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका ...