काठमाडौं ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरामा आइतबार बिहान भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले छिमेकी मुलुकसँग यसबारे कुरा भइरहेको उल्लेख गर्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ऋणमा डुबायो भन्ने खालका अफवाहप्रति जानकार रहेको ...