बाँके, १३ माघ । बाँके जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुनसकेको छैन । रोकथामका लागि सरोकारवाला निकायले पहल गर्दै आए पनि नतिजा भने सोचेजस्तो आउन सकेको छैन । बाँकेमा विभिन्न ठाउँबाट मानिसहरु स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले ...