काठमाडौं/बिराटनगर — भारतबाट दैनिक उपभोग्य सामान ल्याउने सीमावर्ती नागरिकमाथि सरकारले लगाएको १०० रुपैयाँको भन्सार सीमा ले तराई–मधेस क्षेत्रमा तीव्र आक्रोश र असन्तुष्टि बढाएको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले यसलाई “नागरिकमाथि ज्यादती” र “गरिबको ढाड सेक्ने प्रपञ्च” भनेको छ। शनिबार जसपा नेपालका संरक्षक ...