काठमाडौँ, ३ फागुन । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माण तयारी सुरू गरेको छ । त्यसका लागि विभिन्न पक्षसँग छलफलको तयारीमा अर्थ मन्त्रालय जुटेको हो । सरोकालवाला विभिन्न पक्षसँग छलफल गर्ने र त्यसपछि कार्यतालिका बनाएर बजेट निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ । ...