कुश्मा, १३ फागुन । डेढ दशक अघि कटुवाचौपारीको जंगल छेउमा एउटा ओडार भेटियो । धेरैले जंगली जनावर लुक्ने स्थल भएको अनुमान गरे । केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जंगली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए ...