काठमाडौँ, १७ फागुन । आगामी २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट ५ चैतसम्म आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश ...