काठमाडौं, ३ चैत । देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै ...