काठमाडौँ, २१ वैशाख । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन् । बिहान ११ बजेको उडानमार्फत् उनी बेलायत जान लागेका हुन् । राज्याभिषेकमा सहभागी भई २६ वैशाखमा साउद काठमाडौँ फर्किने स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिए ...