काठमाडौं, ११ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरु धमाधम घर फर्कन थालेका छन् । केन्द्रीय सदस्यको लागि मतदान गरेलगत्तै प्रतिनिधिहरु फर्किन थालेका हुन् । मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप दुई दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन लागेका हुन् ।बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यको लागि ...