काठमाडौं, २७ वैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ। नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्ज तोकेको हो। नेकपाका ३२ वटा जनवर्गीय संगठन छन्। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले जारी गरेको ...