ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाले तोक्यो जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्ज


एबीसी न्यूज
२७ बैशाख २०८३, आइतबार   ४ : १०   बजे

काठमाडौं, २७ वैशाख। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ।

नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्ज तोकेको हो। नेकपाका ३२ वटा जनवर्गीय संगठन छन्।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन ९अपानी(३० मा जनवर्गीय संगठनको जिम्मेवारीबारे जानकारी गराइएको छ। अपानीअनुसार, अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी र सह-इन्चार्ज कुमार पौडेल छन्।

त्यस्तै, अखिल नेपाल महिला संगठनको इन्चार्जमा जयन्ती राई र सह-इन्चार्ज कमला रोका, सहिद बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्जमा हितराज पाण्डे, सह-इन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे तोकिएका छन्।

नेकपाले सुरेश आले मगर र पासाङ शेर्पालाई आदिवासी जनजाति महासंघको इन्चार्ज र सह-इन्चार्ज बनाएको छ। इन्जिनियरर्स एसोसिएसनको इन्चार्जमा लेखनाथ न्यौपाने र सह-इन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्जमा विरोध खतिवडा र सह-इन्चार्ज कृष्ण आचार्य छन्।

यसैगरी, कानुन व्यवसायी संगठनको इन्चार्जमा पूर्णबहादुर घर्ती र सह(इन्चार्ज रामकुमार ज्ञवाली, खेलकुद महासंघको इन्चार्जमा केशव विष्ट र सह(इन्चार्ज शिव कोइराला तथा जनसाँस्कृतिक महासंघको इन्चार्जमा चेतबहादुर पुन, सह-इन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ तोकिएका छन्।

यस्तै, ट्रेड युनियन महासंघको इन्चार्जमा रामदीप आचार्य र सह-इन्चार्ज विष्णु लम्साल, दलित संगठनको इन्चार्ज गणेश विक र सह(इन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको इन्चार्जमा देवेन्द्र पराजुली र सह(इन्चार्ज भवानी खड्का रहेका छन्। नेकपाले पर्यटन फाँटको इन्चार्जमा पुष्पविक्रम मल्ल र सह-इन्चार्ज अन्जन थापा, पेशागत महासंघको इन्चार्जमा कृष्णध्वज खड्का र सह-इन्चार्ज प्रमेलकुमार खनाल तोकिएका छन्।

नेकपाले सन्तु दराईलाई पूर्व सुरक्षाकर्मी संगठनको जिम्मेवारी दिएको छ भने प्राध्यापक फाँटको इन्चार्जमा दीनानाथ शर्मा र सह-इन्चार्ज प्राडा इन्दु आचार्य तोकिएका छन्। जोगकुमार बरबरिया र रामचन्द्र साह तेलीलाई मधेसी संगठनको इन्चार्ज र सह-इन्चार्ज तोकिएको छ भने मुस्लिम संगठनको इन्चार्जमा महेश्वर गहतराज तथा सह-इन्चार्ज हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ छन्।

युवा संगठनको इन्चार्जमा लक्ष्मण केसी तथा सह(इन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ तोकिएका छन्। यस्तै, वैदेशीक रोजगार व्यवसायी संगठनको इन्चार्जमा नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की रहेका छन्।

विद्यार्थी संगठनको इन्चार्जमा रत्न ढकाल र सह-इन्चार्ज सुदेश पराजुली तथा शिक्षक संगठनको इन्चार्जमा माधव सापकोटा र सह(इन्चार्ज केदार सञ्जेल तोकिएका छन्। नेकपाले प्रकाश ज्वालालाई प्रेस संगठनको इन्चार्ज बनाएको छ भने विष्णु सापकोटा र शम्भु श्रेष्ठलाई सह-इन्चार्ज तोकेको छ।

यसैगरी, सहकारी संगठनको इन्चार्जमा लिलामणि पौडेल, सह-इन्जार्ज शरद रसाइली र उदया शर्मा तोकिएका छन् भने स्वास्थ्यकर्मी संगठनको इन्चार्जमा अन्जना विशंखे र सह-इन्चार्ज भक्तिमान सुब्बा छन्। सुकुम्वासी महासंघको इन्चार्ज नहेन्द्र खड्कालाई तोकिएको छ भने सह(इन्चार्ज केशव दाहाल छन्।

कमला रोकालाई निर्माण व्यवसायी संगठनको इन्चार्ज बनाएको छ भने बीपी खनाललाई उपभोक्ता हित सम्बद्ध संगठनको जिम्मेवारी दिइएको छ। त्यस्तै, मानव अधिकार संगठनको इन्चार्जमा लेखनाथ दाहाल, विपद्सम्बन्धी संगठनको इन्चार्जमा डा। लक्ष्मी ओली, सहिद प्रतिष्ठानको इन्चार्जमा धर्मशीला चापागाईं र सह-इन्चार्ज रामबहादुर भण्डारी छन् भने आईटी फोरमको इन्चार्जको जिम्मेवारी केशव नेपाललाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu