ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग


ABC NEWS
८ भदौ २०८३, सोमबार   १० : २५   बजे

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले बालबालिकाको व्यवहार, पारिवारिक सम्बन्ध र सामाजिक संरचनामा नकारात्मक असर पारिरहेको भन्दै सरकारले तत्काल मापदण्ड बनाउनुपर्ने बताइन्।

उनले अस्ट्रेलियाले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगका लागि उमेर सीमा तोकेको उदाहरण दिँदै नेपालले पनि यस विषयमा ढिला गर्न नहुने बताइन्।

अर्यालले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगका कारण समाजमा अराजकता बढ्दै गएको तथा पारिवारिक सम्बन्धसमेत प्रभावित भइरहेको दाबी गरिन्।

‘आज प्रविधिका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ। समाज धेरै अराजक बनेको छ,’ उनले भनिन्।

उनका अनुसार सामाजिक सञ्जालका सामग्रीले परिवारभित्रको सम्बन्धमा समेत असर पारिरहेको छ। सामाजिक सञ्जालकै कारण श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रने र परिवार खण्डित हुने अवस्था बढिरहेको उनले बताइन्।

बालबालिकाको व्यवहारमा असर

अर्यालले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण बालबालिकामा काम गर्ने जाँगर घट्दै गएको र घरभित्रै सीमित हुने प्रवृत्ति बढेको बताइन्।

‘काम गर्ने जाँगर मरेको छ। कोठाभित्र बस्ने बानी परेको छ। साँच्चै भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भनिन्।

बालबालिकाको मौलिकता र सिर्जनशीलता जोगाउन पनि सामाजिक सञ्जाल प्रयोगमा उमेरअनुसारको सीमा आवश्यक रहेको उनको भनाइ छ।

तत्काल मापदण्ड बनाउन आग्रह

अर्यालले सरकारले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड र वर्गीकरण निर्धारण गर्नुपर्ने बताइन्।

अन्य मुलुकले उमेर र सामग्रीका आधारमा सामाजिक सञ्जाल प्रयोगमा सीमा निर्धारण गर्न थालेको उल्लेख गर्दै उनले नेपालले पनि तत्काल आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Singapore Launches First Data Center Powered by Human Neurons

Two Arrested Following Murder of South African Boxing Champion Zolani Tete

Iran Braces for New US Sanctions as Economic Pressure Mounts

Israeli Airstrike on Gaza Shelter Kills One, Amid Ceasefire Violations

Ukraine: A Generation After Soviet Fall, Now a Proxy Ruin

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu