ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने


ABC NEWS
८ भदौ २०८३, सोमबार   १० : २५   बजे

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएको छ।

यसअघि सोमबार तीन पटक बैठक स्थगित भए पनि निर्धारित समयमा बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक मंगलबार दिउँसो ४ बजेका लागि सारेको हो।

प्रदेशसभा सचिव रामकुमार पौडेलले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको समय परिवर्तन गरेको उल्लेख छ।

मुख्यमन्त्री थापामगरले संविधानको व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतमा चुनौती

मुख्यमन्त्री थापामगरको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाउँदै आएको छ। सत्ता साझेदार दलहरूभित्र पनि मन्त्रालय बाँडफाँट, मन्त्री छनोट र शक्ति बाँडफाँटको विषयमा विवाद देखिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कांग्रेसले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत नदिन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरिसकेका छन्।

सत्ता गठबन्धनभित्रकै केही सांसदसमेत असन्तुष्ट देखिएपछि मुख्यमन्त्री थापामगरले विश्वासको मत पाउने वा नपाउने विषयमा राजनीतिक चासो बढेको छ।

मंगलबार मतदान हुने

मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। प्रस्तावमाथि छलफलपछि मतदान हुने कार्यसूची रहेको छ।

संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार थापामगरले विश्वासको मत लिन लागेका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Singapore Launches First Data Center Powered by Human Neurons

Two Arrested Following Murder of South African Boxing Champion Zolani Tete

Iran Braces for New US Sanctions as Economic Pressure Mounts

Israeli Airstrike on Gaza Shelter Kills One, Amid Ceasefire Violations

Ukraine: A Generation After Soviet Fall, Now a Proxy Ruin

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu