काठमाडौँ, २० फागुन । सरकारले विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका फैसला, पीडितहरूको भावना समेटेर संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने प्रतिबद्धता जनाएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकमा तथा उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्रीका शान्ति तथा मावन अधिकारसम्बन्धी सल्लाहकार गोविन्दप्रसाद कोइरालाले नेपालको प्रतिबद्धता सुनाएका हुन् । ...