ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने सरकारको प्रतिबद्धता


एबीसी / संवाददाता
२० फाल्गुन २०७९, शनिबार   ९ : २२   बजे

काठमाडौँ, २० फागुन । सरकारले विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका फैसला, पीडितहरूको भावना समेटेर संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने प्रतिबद्धता जनाएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकमा तथा उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्रीका शान्ति तथा मावन अधिकारसम्बन्धी सल्लाहकार गोविन्दप्रसाद कोइरालाले नेपालको प्रतिबद्धता सुनाएका हुन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका अनुसार प्रधानमन्त्रीका सल्लाहकार कोइरालाले भेटवार्तामा संक्रमणकालीन न्याय टुंग्याउने, पीडित परिवारलाई क्षतिपूर्ति दिने र समाजमा मेलमिलाप कायम गर्नेसमेत सरकारको प्रतिबद्धता राखेका थिए । “हामी संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन प्रतिबद्ध छौँ । संसद्‌बाट कानुन पारित गर्ने क्रममा छौँ । मावन अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायालयका सन्दर्भमा नेपाल अटुट रूपमा प्रतिबद्ध छ,” उनले भने ।

उनले मावन अधिकारसम्बन्धी युरोपियन युनियनका विशेष प्रतिनिधि इमोन गिलमोर, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)का महासचिव जगन चापागाईं, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चयुक्त भोल्कर तुर्कसँग भेटवार्ता गरेका छन् । तुर्कसँग कोइरालाले नेपाल संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसम्बन्धी विधेयक संसद्‌बाट पारित गराउने तथा संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने सरकारी प्रतिबद्धता उनले व्यक्त गरेको जेनेभास्थित नेपाली नियोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group