काठमाडौँ, २१ फागुन । काठमाडौँको शंखमुलस्थित एक क्याफेबाट खसेर मृत्यु भएका सरोजकुमार उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । झन्डै पाँच फिट अग्लो रेलिङ रहेको क्याफेको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटनाभन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ...