ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विदेशमन्त्री वाङ विमानस्थलका तस्बिर देखेर मोहित (फोटोफिचर)


एबीसी न्यूज
२३ भदौ २०७६, सोमबार   ९ : ४१   बजे

काठमाडौं, भदौ २३

चिनिया विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका क्रममा आइतवार काठमाडौं आउनु भएको छ । १६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहा आइतवार साँझ ६ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभयो ।

खराब मौषमका कारण करिव १५ मिनेट आकाश मै होल्ड गरेको उहाको विमान साँझ ५ बजेर ५७ मिनेटमा विमानस्थलमा ल्याण्ड गरेको थियो । विमानस्थलबाट निस्कनु भएका विदेशमन्त्री वाङको नजर बुटिक विमानस्थलमा सजिएका श्रृगारतर्फ गयो । चार वर्ष अगाडी नेपाल आउदाको भन्दा भिन्दै विमानस्थल देखेपछि उहाले केही बेर त्यसको अवलोकन गर्नुभयो ।

सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेर त्यसको तयारीलाई अन्तिम चरणमा पु¥याउदैछ । पर्यटन बर्ष मनाउने तयारी गरिरहँदा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको योजनामा विमानस्थलाई बुटिक बनाउने लक्ष्य लिनु भएको थियो । उहाकै योजना अनुसार विमानस्थलका भित्तामा नेपाली मौलिकता झल्कने तस्विरहरु राख्ने, रंगरोगन गर्ने देखि विभिन्न कार्य हुदै आएका थिए । सोही क्रममा विदेशमन्त्री वाङले भित्तामा राखिएका तस्विरका बारेमा सोधपुछ गर्नुभएको थियो ।

उहाले नेपाल–चीनको सिमामा रहेका हिमाल देखाउदै जानकारी लिनु भएको थियो । जसलाई नेपालस्थित चिनियाँ राजदूत होउ यानछीले जानकारी गराउनु भएको थियो । करिव १० मिनेट जति अवलोकन गरेपछि उहाले आफुलाई विमानस्थलले आकर्षित गरेको बताउनु भएको थियो । विमानस्थलबाट बाहिरिए लगत्तै उहा होटल प्रस्थान गर्नुभएको थियो ।

l

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu