ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ६ : ४५   बजे

काठमाडौँ । भोटेकोशीमा भीषण बाढी निम्त्याएको लाङटाङ लिरुङ क्षेत्रमा फेरि ठूलो बाढी आउन सक्ने जोखिम देखिएको छ। हिमनदीको मुहान क्षेत्रमा पानी जम्मा हुँदै गएकाले नेपाल र चीन दुवैतर्फ उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूले बताएका छन्।

सम्भावित जोखिम र त्यसबाट हुने क्षति न्यूनीकरणका उपायबारे नेपाल तथा चीनका विज्ञबीच छलफल जारी रहेको छ।

चीनमा रहेका नेपालका विपद् विज्ञ वसन्तराज अधिकारीका अनुसार हिमनदीको मुहानको ठूलो हिस्सा खसेर बनेका खाल्डामा पानी जम्मा भएर ताल बनेको छ। उक्त पानी भरिएर बनेको अस्थायी बाँध फुटेमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो।

“माथिबाट हिउँको ढिक्कासहितको पहिरो बजारिँदा नदी छेउमै बनेका खाल्टाखुल्टीमा पानी जमेको देखिएको छ। वरिपरि बुधबारको बाढीले कच्चा ड्याम सिर्जना गरेको छ। पानी भरिएको खण्डमा त्यो फुटेर बाढी आउने जोखिम कायमै छ,” अधिकारीले भन्नुभयो।

बुधबार हिमाली क्षेत्रमा जम्मा भएको लेदोसहितको पानी ल्हेन्दे खोलामा मिसिएपछि नेपालतर्फ भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो।

५० लाख घनमिटर पानी जम्मा हुने जोखिम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जलस्रोत विज्ञ राजेन्द्र शर्माले पनि उक्त क्षेत्रमा पोखरी बनेर पानी जम्मा भइरहेको पुष्टि गर्नुभएको छ।

प्राधिकरणको उच्चस्तरीय टोली र चिनियाँ पक्षबीच बिहीबार सम्भावित जोखिमबारे छलफल भएको थियो। छलफलमा नेपाल र चीन दुवैतर्फ भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको शर्माले जानकारी दिनुभयो।

चिनियाँ पक्षबाट प्राप्त जानकारी उद्धृत गर्दै शर्माले भन्नुभयो, “चट्टानसहित हिउँको ढिक्का खसेको स्थानमा बिहीबार दिउँसोसम्ममा २० लाख घनमिटर पानी जम्मा भइसकेको अवस्था छ। माथिबाट थप ३० लाख घनमिटर पानी खसेर जम्मा हुने सम्भावना उच्च छ।”

माथिबाट थप पानी आएर जम्मा भएको पोखरी फुटेमा त्यसले अर्को ठूलो बाढी निम्त्याउन सक्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्।

यसकारण सम्भावित जोखिमको निरन्तर निगरानी, समयमै सूचना आदानप्रदान तथा आवश्यक परे तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu