ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसमा रोचक चुनावी प्रतिस्पर्धा


admin
१६ कार्तिक २०७४, बिहिबार   ५ : १०   बजे

काठमाण्डौं, १६ काक्तिक । कांग्रेस र मधेशी दलबीच गठबन्धन नभएपछि २ नम्बर प्रदेशका ३२ क्षेत्रको निर्वाचन रोचक हुने भएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो पटक मधेश आन्दोलनको केन्द्र मानिने सप्तरी २ बाट उमेदवारी दिएका छन् । उनलाई बाम गठवन्धनका पूर्व मन्त्री माओवादी उम्मेदबार उमेश यादव र कांग्रेसका निर्वतमान सांसद सक्कल देव सुकीहारले टक्कर दिंदैछन् । राजपा र फोरमबीच गठवन्धन भएपनि यादवलाई राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले वागी उमेदवारी दिएर थप तनाव दिएका छन् । राजेन्द्र महतोले धनुषा ३ बाट उम्मेदबारी दिएका छन् । उनको कांग्रेसका विमलेन्द्र निधिसंग प्रतिस्पर्धा हुने भएको छ भने वाम गठवन्धनका उमेदबार राम सिंहले समेत थप अप्ठ्यारो पार्ने निश्चि त छ । महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरविरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् । महोत्तरी २ मा राजपाका शरदसिं भण्डारीले उम्मेदबारी दिएका छन् । त्यहां कांग्रेसका किरण यादव र वाम गठवन्धनका उमेदबारले टक्कर दिनेछन् । महोत्तरीको १ मा गिरिराजमणि पोखरेलले बाम गठवन्धनको तर्फबाट उम्मेदबारी दिएका छन् । उनी यसअघि २ वटा चुनावमा विजयी भएको क्षेत्र हो । पूर्व स्वतन्त्र सांसद बबन सिंहलाई फोरमले टिकट नदिएपछि उनी बागी उमेदबारका रुपमा रौतहट १ बाट उमेदबारी दिएका छन् । माअ‍ोवादी मन्त्री प्रभु साह रौतहट ३ बाट उमेदबारी दिएका छन् । उनीसंग कांग्रेसका सुनिल कुमार यादवले प्रतिस्पर्धा गर्दैछन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन । झा केही महिनाअघि मात्र राजपा प्रवेश गरेका थिए । यस्तै राजपाका अनिल झा रौतहट १ बाट चुनाव लड्दैछन भने नेपाली काँग्रेसबाट कृष्णप्रसाद यादव र बाम गठबन्धनका सत्यनारायण भगत प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group