ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ९ : ३५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमै लगानी बढाउन आग्रह गरेका छन्।

मंगलबार अर्थ मन्त्रालयमा आईटी क्षेत्रका युवा उद्यमीसँग छलफल गर्दै मन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए।

‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो। तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्, आफूलाई फैलाउनुहोस्। सरकार तपाईंहरूको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्,’ उनले भने।

नेपालले विगतमा कृषिजन्य वस्तु उत्पादन तथा निर्यातका लागि लामो समय र ठूलो लगानी गरेको स्मरण गर्दै मन्त्री वाग्लेले सूचना प्रविधि क्षेत्रमा लगानीबाट तुलनात्मक रूपमा कम समयमा प्रतिफल प्राप्त गर्न सकिने बताए।

उनका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) विकासका लागि बजेट विनियोजन गर्नुका साथै आईटी क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले जानकारी दिए।

मन्त्री वाग्लेले सूचना प्रविधिको क्षेत्रमा थप लगानी र विस्तारका लागि आवश्यक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu