ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागीलाई विधानअनुसार कारबाही : संयोजक खाँण


admin
२० कार्तिक २०७४, सोमबार   ७ : ४०   बजे

काठमाडौँ, २० कात्तिक । नेपाली काँग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले बागी उम्मेदवारलाई विधानअनुसार कारबाही गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा संयोजक खाँणले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए स्वतः पार्टीको विधानले नै कारबाही गर्ने बताउनुभयो ।

“बागी उम्मेदवारलाई हामीले कारबाही गर्नु पर्दैन, विधानमा नै बागी उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले बागी उम्मेदवारसँगै प्रस्तावक र समर्थकलाई पनि कारबाही हुने स्पष्ट पार्नुभयो । संयोजक खाँणले आजमात्रै ५० प्रतिशतभन्दा बढी बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।

उहाँले मंसिर १० र २१ गतेको निर्वाचनका लागि पार्टीका शीर्ष नेतालाई सात प्रदेशमा नै आमसभामा भाग लिने गरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । त्यस्तै, मझौला नेताहरुलाई भने प्रदेश सभा र जिल्लामा खटाइनेसमेत स्पष्ट पार्नुभयो ।

नेता खाँणले निर्वाचनको प्रचारप्रसार समितिको सहसंयोजकमा पत्रकारलाई सहभागिता गरिएको बताउनुभयो । “निर्वाचन प्रचारप्रसारमा पत्रकारलाई राख्दा सबै स्थानमा सूचना प्रवाह हुने भएकाले हामीले अनिवार्य पत्रकारको व्यवस्था गरेका छौँ”, संयोजक खाँणले भन्नुभयो ।

उहाँले अहिलेको समयमा सबैलाई एकताको सूत्रमा बाँध्ने लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group