ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नेतृत्व सरकारको अर्को सफलता : फलामखानीको सम्भाव्यता अध्ययन शुरु


एबीसी न्यूज
३० कार्तिक २०७६, शनिबार   १२ : २९   बजे


दमौली, ३० कात्तिक । सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणाबमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

खानी तथा भू–गर्भ विभागबाट आएको चार जनाको टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । सोही फलामखानीको फलामबाट सयौँ वर्ष अगाडि भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको पुल निर्माण गरिएको थियो । हाल उक्त पुल जीर्ण अवस्थामा छ ।

भूगर्भविद् ठाकुरप्रसाद कँडेलले भक्कल सामुदायिक वन क्षेत्रमा फलाम रहेको जानकारी पाएपछि सर्वेक्षण गरिएको जानकारी दिनुभयो । कँडेलका अनुसार विभागको टोली एक हप्तादेखि यस क्षेत्रमा खटिएको छ । “वन क्षेत्रको जमीनमुनि करेन्ट पठाएर कति गहिराइसम्म फलाम छ भनेर अध्ययन गरिरहेका छौँ”, कँडेलले भन्नुभयो । उहाँका अनुसार भू–भौतिक सर्वेक्षण अप्रत्यक्ष विधि भएको र यो विधिबाट जमीनमुनि करेन्ट पठाइन्छ ।

जमीनको सतहमुनि कति गहिराइसम्म फलाम छ स्क्यान भएर डाटा देखिने उहाँले बताउनुभयो । सम्भाव्यता अध्ययनको प्रतिवेदन ३५ दिनभित्र विभागमा बुझाउने तयारी गरिएको छ । यसअघि पनि फलामखानीको अन्वेषण र सम्भाव्यता अध्ययन गर्न दुई पटकसम्म भू–र्गभविद्सहित विभागको टोली यस क्षेत्रमा आएको थियो ।

पहिलोपटक आएको टोलीले खानी भएको क्षेत्रको नक्साङ्कन गरेको र दोस्रोपटक आएको टोलीले खानीमा भेटिएका धातुको नमूना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा लगेको थियो । उक्त नमूना परीक्षण हुन बाँकी रहेको बताइएको छ । यस क्षेत्रको करीब ४२ वर्गकिलोमिटर क्षेत्रफलमा फलाम र तामाखानी फैलिएको छ । साँखेतर्फ क्याङ्दीखोलादेखि भक्कल वरपरका क्षेत्रमा फलामखानी र मिनामखानीको क्षेत्रमा तामाखानी भएको अनुमान छ ।

सरकारले गत वर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँ, पर्वत र नवलपुरको फलामखानी उत्खनन गरी सञ्चालनमा ल्याउने बताएको थियो । फलामखानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएका शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । यसै क्षेत्रबाट निर्वाचित सांसद केदार सिग्देलले खानीको अन्वेषण र उत्खननमा सरकारले चासो देखाएको जानकारी दिनुहुँदै छिटोभन्दा छिटो अध्ययन सकेर खानी सञ्चालन गर्न दबाब दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group