ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाइने– विकासमन्त्री बराल


admin
७ मंसिर २०७६, शनिबार   १ : २९   बजे

काठमाडौं, ७ मंसिर । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने तयारी गरेको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानलाई प्रदेशका १२ वटै जिल्लामा पु¥याउने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

अभियानलाई प्रभावकारी र रचनात्मक बनाउन सरोकारवालाहरुको सुझाव लिएर कार्यक्रम तय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनुभयो । “लैङ्गिकताबारे बुझाइमा स्पष्टता ल्याउन रचनात्मक र प्रभावकारी कार्यक्रम गर्ने तयारी गरेका छाँै”, उहाँले भन्नुभयो । मन्त्रालयले लैङ्गिकमैत्री बजेट र कार्यक्रम तय गरे पनि पर्याप्त कर्मचारी नहँुदा सबै जिल्लामा पुग्न भने कठिनाइ भएको मन्त्री बरालको भनाइ छ ।

मन्त्रालयले सरोकारवालाहरुको सहभागितामा चेतनामूलक कार्यक्रम गरेर लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियान मनाउने सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले बताउनुभयो । लैङ्गिक हिंसा हुनै नदिने वातावरण तयार पार्न सबै सङ्घसंस्था र स्थानीय तहसँग मिलेर वर्षभरि सचेतना र सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।

मन्त्रालयले लैङ्गिक हिंसा निवारणका लागि सैनामैनामा ज्येष्ठ नागरिक र अपाङ्गता ग्राम निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यस्तै बालश्रम र बालविवाहविरुद्धको प्रदेशस्तरीय सम्मेलन, किशोर–किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य दुव्र्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने मन्त्रालयको योजना छ ।

प्रदेशमा हिंसाका घटना बढ्दै गएकाले हिंसा प्रभावित क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने उपसभामुख कृष्णी चौधरीको भनाइ छ । “लैङ्गिक हिंसाविरुद्ध अभियान चलाउँदा घरेलु हिंसा बढी भएको स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

हिंसाका घटनालाई राजनीतिकरण गरिँदा पीडितले न्याय नपाएको र पीडकले उन्मुक्ति पाउने गरेकाले यस्तो अवस्थाको अन्त्यका लागि दबाबमूलक कार्यक्रम गर्नुपर्ने प्रदेशसभा सदस्य जाल्पा भुसाल बताउनुहुन्छ ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने वर्ष अभियानमा मानवअधिकार दिवससमेत परेका कारण प्रदेश नं ५ को मानवअधिकार आयोगले पनि सचेतनामूलक कार्यक्रमको तयारी गरेको छ । ‘म हिंसा गर्दिनँ, हिंसा सहन्न र हिंसा हुने वातावरण बन्न दिन्न’ भन्ने भावना राखेर सचेतनामूलक कार्यक्रम तय गर्ने आयोगका निर्देशक सम्झना शर्माले बताउनुभयो ।

प्रदेशका स्थानीय तहले पनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा सचेतनमूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । यस १६ दिने अभियानमा बुटवल उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरुसँग लैङ्गिकमैत्री विद्यालय सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो ।

यसबाहेक सामाजिक सङ्घसंस्थासँग मिलेर अन्य चेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । प्रदेशमा क्रियाशील विभिन्न गैरसरकारी संस्थाले पनि छुट्टाछुट्टै कार्यक्रमको तयारी गरेका छन् । यो वर्ष ‘समानताको पुस्ता ः बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मङ्सिर ९ गतेदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घर बाढीले बगायो, शिविरले सम्हाल्यो : देवीघाटका विस्थापितको पीडाबीच आशाको कथा

आज केही स्थानमा भारी वर्षा, कोसी र वाग्मतीमा धेरै भारी वर्षाको सम्भावना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu