ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा


admin
१० मंसिर २०७६, मंगलबार   ३ : ५९   बजे

काठमाडौं, १० मंसिर । नयाँ इँटा नपार्न नमोबुद्ध नगरपालिकाले दिएको निर्देशन अवज्ञा गर्ने इँटा उद्योगहरु अदालतबाट पनि कुनै कार्य नगर्न आदेश आएपछि काम रोक बाध्य भएका छन् ।

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटन, ललिपतपुर पुगेका व्यवसायीबारे उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्ने लगायतका कुनै पनि कार्य नगर्न आदेश दिएपछि उनीहरु काम रोक्क बाध्य भएका हुन् । उच्च अदालतका न्यायाधीश श्रीमणकुमार गौतमको एकल इजलासले यही मङ्सिर १५ गते ‘अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा निकास दिन उपयुक्त देखिएकाले’ दुवै पक्षलाई छलफलमा बोलाएको छ । यसअघि गत महिना जिल्ला अदालत काभ्रेपलाञ्चोकले नगरमा रहेका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न आदेश दिएको थियो ।

नगर कार्यालयले ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊ’ भनी जिल्ला अदालतमा दर्ता गरेको जाहेरीमा जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले नमोबुद्धका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्री वितरण नगर्न आदेश जारी गरेको थियो । गत पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र काभे्रपलाञ्चोकको नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन गरिएको ८ बुँदे सहमतिअनुसार पत्राचार गरी हटाउन निर्देशन दिए पनि नहटाएका कारण नगर कार्यालयले गत भदौ ८ गते वडा न– २ र ३ मा सञ्चालन हुँदै आएका ८ वटा इँट्टा उद्योगको भट्टाचिम्नी मेसिन ९क्रेन०को प्रयोग गरी भत्काएको थियो ।

सहमतिबमोजिम नपाले व्यवसायीसँग भट्टा चिम्नी भत्काउँदाको लागतखर्च ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊ’ भनी अदालतमा माग गरिएको थियो । सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गरी हटाउन निर्देशन दिएपनि व्यवसायीले अटेर गरेका कारण नपाले इँटा उद्योगको भट्टा चिम्नी भत्काएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले अटेर गरेपछि हामीले सहमतिअनुसार नै उद्योगको भट्टा चिम्नी भत्काएका थियौँ ।”

इँटा व्यवसायी र नगरबीच २०७६ असार मसान्तभित्र उत्पादित इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाइने, नपासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नवीनतम् वातावरणमैत्री प्रविधिअनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, तोकिएको समय सीमाभित्र इँटा उद्योग नहटाए नपा आफैँले हटाउने र सोको लागेको खर्च उद्योगीले नै व्यहोर्नुपर्ने, हाल उत्पादित इँटा नगरका भूकम्पपीडितका लागि सम्बन्धित वडाको सिफारिसमा व्यवसायीले तोकेको मूल्यभन्दा प्रतिगोटा रु तीन रुपैयाँ छुट दिनुपर्नेलगायत सम्झौता भएको थियो ।

सम्झौतापत्रमा करारबमोजिम बाँकी विषय प्रचलित मुलुकी देवानी संहिता ऐन २०७४ र प्रचलित नेपाल कानून बमोजिम हुने समेत उल्लेख छ । औद्योगिक सञ्चालन ऐन २०५९ अनुसार भने मानवबस्ती, विद्यालय र वन क्षेत्रभन्दा पाँच सय मिटर टाढा इँटा उद्योग सञ्चालन गर्न पाइने प्रावधान छ भने उद्योग मन्त्रालयको कार्यविधि २०७२ मा घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने उल्लेख छ । नपाका स्थानीय ४५ वटा समाजिक संस्था तथा स्थानीयवासीले नागरिकको जीवनस्तर सुधारसँग जोडिएका विकास निर्माणको काम गर्न ऐक्यबद्धता जनाउँदै इँटा उद्योग हटाउने अभियानअन्तर्गत आठ उद्योगको भट्टा चिम्नी भत्काएपछि नपालाई धुवाँमुक्त बनाएकोमा नगरप्रमुख शर्मालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group