ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहपञ्चमी महोत्सव आजबाट बिधिबत रुपमा सुरुः आज नगरदर्शन


एबीसी न्यूज
१० मंसिर २०७६, मंगलबार   ५ : १५   बजे


जनकपुरधाम, १० मंसिर । सात दिवसीय विवाह पञ्चमी महामहोत्सव आजबाट बिधिबत रुपमा सुरु भएको छ । आज पहिलो दिन जनकपुरधामको जानकी मन्दिरमा भव्य कार्यक्रमका बीच नगरदर्शनसंगै सप्तव्यापि विवाहपञ्चमी महोत्सव सुरु भएको हो । मनमोहक गित संगितका बिच त्रेतायुगको स्मरण गराउँदै राम लक्ष्मणको नगरदर्शन गराईएको थियो । त्रेता युगमा भगवान राम अनुज लक्ष्मण सहित गुरु विश्वामित्रका साथ जनकपुरधाम आएको दिनलाई स्मरण गर्दै नगरदर्शन कार्यक्रम गरिएको छ ।

अन्य वर्षको तुल्ना यो वर्ष भव्यताकासाथ विभिन्न पसलहरु थापेर भगवान रामको जनकपुरवासीहरुले दर्शन गरेजस्तै नगरदर्शन कार्यक्रम गरिएको छ । आज आयोजित नगर दर्शन कार्यक्रममा रामजानकीको प्रतिक स्वरुप दुई बालबालिकालाई साजश्रृंगारसहित जानकी मन्दिरको प्राङ्गनमा जनकपुर दर्शन कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा महिलाहरुले विवाहको गित गाउंदै फूल बर्साएका थिए । नगरदर्शन हेर्नका लागि देशी–विदेशी श्रद्धालुहरुको भीड लागेको थियो भने उक्त अवसरमा प्रदेश २का भौतिक पुर्वधार तथा बिकास मन्त्री जितेन्द्र सोनल, जनकपुर उपमाहानगपालिकाकि उपप्रमुख रिता झाको समेत उपस्थिति रहेको थियो ।

अब भोलि मंगलबार फुलवारी लिला, बुधवार धनुष यज्ञ, बिहिवार तीलकोत्सव, शुक्रवार मटकोर, शनिवार स्वयंंमवर तथा शुभ विवाह आइतवार रामकलेवा गरि विवाह पञ्चमीको कार्यक्रम सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि सास वा लाशको पर्खाइमा बेपत्ता परिवार

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu