ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा वैकल्पिक शक्तिलाई छान्नुस्– उपप्रधानमन्त्री यादव


admin
१० मंसिर २०७६, मंगलबार   ७ : ०३   बजे

काठमाडौं, १० मंसिर । उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले १४ गते यहाँ हुने उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

भक्तपुरको कमल विनायकमा आयोजना गरिएको चुनावीसभामा आज साँझ समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले जनताले सधैँ नेकपा र काँग्रेसलाई मात्रै नभई वैकल्पिक शक्तिलाई पनि विश्वास गर्नुपर्ने बताउनुभयो । जनताले नेपाल कम्युनिष्ट पार्टी र काँग्रेसको शासन सत्ताको नेतृत्व भोगिसकेको बताउँदै जनताले समाजवादी पार्टीलाई विश्वास गरे देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो । उपप्रधानमन्त्री यादवले राजनीतिक, साङ्गठनिक र व्यावहारिकरूपमा पनि यो पार्टी वैकल्पिक शक्तिकै रूपमा आएको बताउनुभयो ।

कार्यक्रममा समाजवादी पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले समाजको विकासको पक्षमा राज्य सत्ता निर्माण गर्न समाजवादी पार्टीले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले काँग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काँग्रेस मात्रै नभई अब नयाँ वैकल्पिक शक्तिका रुपमा आएको समाजवादी पार्टीलाई जनताले विकल्पका रुपमा रोज्नुपर्छ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, परशुराम खापुङ, केन्द्रिय सदस्य वीरेन्द्र प्रधान, भक्तपुर अध्यक्ष श्याम शिल्पकारले भक्तपुरमा पनि विकल्पका रूपमा समाजवादी पार्टी उदाएको बताउँदै जनताले अब समाजवादी पार्टीलाई विश्वास गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu