ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाहपञ्चमीको दोश्रो दिन : आज फुलवारी लिला हुने


एबीसी न्यूज
११ मंसिर २०७६, बुधबार   ११ : ५७   बजे


जनकपुरधाम , ११ मंसिर । सात दिवसीय विवाह महामहोत्सव (विवाहपंच्मी) को दोस्रो दिन आज फूलबारी लीला हुने छ ।

त्रेताकालमा भगवान् राम र सीताको विवाह महोत्सव अघि भएको फूलबारीमा भेटघाटको सम्झना गर्दै विवाह मण्डपको फूलबारीमा ‘फूलबारी लीला’ हुने परम्परा रहेको छ ।

मिथिलाको परम्परा अनुसार मैथिली गीत, नादसहित आज दिउसो भगवान् राम, सीता र लक्ष्मणको प्रतीक झाँकी बनाएर फूलबारीमा भेटघाट हुने छ ।
सातदिने हुने कार्यक्रम अनुसार विवाह पंचमी महोत्सवको पहिलो मंगलबारका दिन जानकी मन्दिर प्राङ्गणमा ‘नगर दर्शन’ विधि सम्पन्न भएको छ । त्यस्तै भोलि तेश्रो दिन धनुष यज्ञ, चौथो दिन १३ गते शुक्रबार राम मन्दिर प्राङ्गणमा भव्य मञ्च बनाएर तीलकोत्सवको कार्यक्रम हुने छ ।त्यसै दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतको अयोध्याबाट आएका रामको जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले जानकी मन्दिर पूजा आज गरी रंगभूमि मैदान बराहबिघामा आयोजित कार्यक्रममा समेत सहभागी हुने जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैषणले बताउनुभयो । पाँचौँ दिन १४ गते शनिबार जनकपुरको ऐतिहासिक गङ्गा सागर पोखरीमा मिथिलाको परम्परा अनुसार मटकोर विधि हुने छ । त्यस्तै मुख्य कार्यक्रम छठौं दिन १५ गते आइतबार भगवान् राम र सीताको स्वयंवर तथा शुभ विवाह जानकी मन्दिर प्राङ्गणमा हुने छ ।
सातौँ दिन १६ गते सोमबार “राम कलेवा” जानकी मन्दिर प्राङ्गणमा गरी अयोध्याबाट आएका जन्तीलाई बिदाइ गरेर विवाह पंचमी समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि सास वा लाशको पर्खाइमा बेपत्ता परिवार

रसुवा बाढी : ८२३ शव भेटिए, ३२ जनाको मात्रै सनाखत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu