ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ औं दक्षिण एसियाली खेलकुद : बंगलादेशमाथि नेपालको सानदार जित


एबीसी न्यूज
११ मंसिर २०७६, बुधबार   ४ : ५३   बजे


काठमाडौं, ११ मंसिर । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सानदार सुरुवात गरेको छ ।
बुधबार त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५–९, २५–९ र २५११ ले हाराएको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुवातदेखि नै दवाव कायम गरेका थिए ।

बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५९९ अन्तरले जितेको थियो । तेस्रो सेटमा बंगलादेशले सुरुवाती समयमा चुस्त प्रतिस्पर्धा दिएपनि सोझो सेटको हार टार्न सकेन ।

प्रशिक्षक जगदीश भट्टले खेलको दोस्रो सेटपछि दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएका थिए । दोस्रो सेटको अन्तिम समयतिर कोर्ट प्रवेश गर्दै स्पाइकर उषा भण्डारीले पनि राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् । उनीसँगै सेन्ट्रल जोन प्रतियोगिताका गुमाएकी हिरा केसी पनि दोस्रो सेटमा नै कोर्ट प्रवेश गरेकी थिइन् ।

नेपालले पहिलो सेटमा सुरुवाती समयम १५–४ को अग्रता कायम गर्दै दबाबमा राखेको थियो । लगातार नेपाल हाबी बन्दै सहज जित हात पार्यो । पहिलो सेटमा सरस्वती चौधरीको प्रर्दशन अब्बल रह्यो । दोस्रो सेटमा प्रतिभा मालीले उत्कृष्ट प्रर्दशन गरिन् । नेपाली स्पाइकर र सेटरले प्रहार गरेको सट बंगलादेशका खेलाडीलाई उठाउँनै मुश्किल परेको थियो । नेपालले सर्भिसमा भने केहि गल्ती गर्न पुग्यो ।

समुह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समुह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । नेपालले दोस्रो खेलमा विहीबार स्वर्णको दाबेदार भारतसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group