ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह


admin
११ मंसिर २०७६, बुधबार   ५ : ००   बजे

काठमाडौं, ११ मंसिर । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकरको प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचन पूर्वतयारी र व्यवस्थापनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानून र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नुभयो । उपनिर्वाचनलाई उत्साह र उत्सवकका रुपमा लिई आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, “निर्वाचन जति स्वच्छ, स्वतन्त्र र निष्पक्ष, विश्वासनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ भन्नेमा आयोग विश्वस्त छ ।”

उपनिर्वाचनको मौनअवधि आजै राति १२ बजेदेखि शुरु हँुदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १५ दिन तथा स्थानीय तहको विभिन्न पदका उम्मेदवारका लागि १० दिन प्रचारप्रसारको अवधि तोकिएको थियो । मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट मौनअवधि शुरु हुने कानूनी व्यवस्था रहेको छ उक्त अवधिमा आश्वासन, प्रलोभन, डर, धाक, दबाब, वा प्रभावमा पारी मतदातालाई आतङ्कित पार्ने, मतदान केन्द्रमा जानबाट रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्न खोज्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्रबाहेक व्यक्ति प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने, गलत तथ्यहीन र भ्रमपूर्ण हल्ला फिजाउने, कोही कसैप्रति घृणा र द्वेष फैलाउनेजस्ता निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कार्य गर्न हुँदैन ।

उहाँले निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता र वित्तीय सुशासनका मापदण्डको पालना भएन भने छानिएका प्रतिनिधिबाट शासकीय सुशासन सम्भव हुन नसक्ने पक्षलाई आयोगले गम्भीरतापूर्वक रुपमा लिएको जानकारी दिनुभयो । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने पाटोमा हेक्का राख्न सुझाव दिँदै आयोगले यस अवधिमा वेबसाइड, ट्वीटर, फेबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीयमाध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको बताएको छ ।

मुलुकका ३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका लागि खटिएको स्थानमा पुगिसकेको पनि आयोगले जानकारी दिएको छ । उपनिर्वाचन प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाँउपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पद चयनका लागि हुन लागेको हो । उपनिर्वाचनका लागि चार लाख ५४ हजार ११४ मतदाता कायम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu