ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकार दिए,पैसा दिएनन् ? विकास निर्माणका काम गर्न बजेट माग्दै स्थानीय सरकार


admin
१३ मंसिर २०७६, शुक्रबार   १ : ४८   बजे

जाजरकोट, १३ मंसिर । विकास निर्माणका काम बजेट अभावले पूरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधि सङ्घीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् ।

जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि स्थानीय तहका प्रमुख सङ्घीय सरकारसँग बजेट माग गरेका हुन् । स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आह्वान गरिसकेको तर सङ्घीय सरकारले पठाउनुपर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि उनीहरु बजेट माग्न काठमाडौँ आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

रावलका अनुसार नलगाड नगरपालिका वडा नं १, ४, ५, ६, ९, १० र १२ मा निर्माण हुन लागेका स्वास्थ्य संस्थामा बजेट नहुँदा निर्माणको काम अगाडि बढ्न सकेको छैन । त्यस्तै सिँचाइ गर्नका लागि छनोटमा परेका योजनामा बजेट सङ्घीय सरकारले नपठाउँदा काम अगाडि बढाउन नसकिएको रावलले बताउनुभयो । खेलकूद मन्त्रालयले बजेट नपठाउँदा नलगाड–८ मन्मैस्थित रङ्गशाला निर्माणको काम अवरुद्ध हुँदै आएको छ । त्यस्तै सडक, खानेपानी निर्माणका लागि बजेट पर्याप्त नभएकाले माग गर्न सङ्घीय सरकारसँग अनुरोध गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

अधिकार दिने तर पैसा नदिने परिपाटीले गर्दा काम गर्न समस्य हुँदै आएको उहाँको भनाइ छ । त्यस्तै भेरी नगरपालिकाले कालिकामा निर्माण गर्न लागेको दृष्यावलोकनमा बजेट नहुँदा काम सञ्चालन हुन नसकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । पटक, पटक ताकेता गर्दा पनि बजेट नगरपालिकामा नजाँदा काम शुरु गर्न नसकिएको उहाँले बताउनुभयो । तीन दिनसम्म काठमाडौँ बस्दा पनि स्वास्थ्यमन्त्रीलाई भेट्न नसकिएको उहाँको गुनासो छ ।

ऊर्जामन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आएकै दिन भेट्न पाएका जनप्रतिनिधिले स्वास्थ्यमन्त्रीलाई भने तीन दिनसम्म भेट गर्न नपाएको गुनासो गरेका छन् । खानेपानीमन्त्री वीना मगरलाई वन मन्त्रालयमै भेट भए पनि अन्य मन्त्री भेट्न मुस्किल भएको गुनासो स्थानीय तहका प्रमुखले गरेका छन् । वनमन्त्री र ऊर्जामन्त्रीले जाजरकोट मङ्सिर १७ गते भ्रमण गरेर थप योजना र गुनासो सम्बोधन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu