ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यमा सुधार, प्रधानमन्त्री ओेलीको आत्मविश्वास उच्च


एबीसी न्यूज
१३ मंसिर २०७६, शुक्रबार   २ : ०३   बजे


काठमाडौ, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाउनुभएको छ । “प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ”, उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले भन्नुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उहाँको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्तरूपमा आज आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठिक रहेको बताउनुभयो ।

“प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ । मिर्गौलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ”, उहाँले सञ्चारकर्मीलाई भन्नुभयो, “घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो”, निजी चिकित्सक डा शाहले भन्नुभयो ।

“प्रधानमन्त्री ओलीको आत्मविश्वास तह (कन्फिडेन्स लेबल) उच्च रहेको छ, उहाँ आत्तिनुभएको छैन । मलाई छिटो डिस्चार्ज गर्नुप¥यो भनिरहुनुभएको छ । उहाँजस्तो आत्मविश्वासी मैले कसैलाई देखेको छैन”, उपचारमा संलग्न प्रा डा अरुण सायमीले भन्नुभयो । प्रा डा सायमी वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।

“प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ विस्तारै निको हुँदै गएको छ । घाउले शरीरको अन्यत्र भागमा सङ्क्रमण गरेको छैन । अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यही क्रममा सुधार भएमा अर्को हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।” उपचारमा संलग्न प्रा डा रमेशसिंह भण्डारीले भन्नुभयो । प्रा डा भण्डारी कलेजो प्रत्यारोपणका विज्ञ हुनुहुन्छ ।

“जति चाँडो घाउ निको हुन्छ, त्यत्ति नै प्रधानमन्त्री पूर्ववत् काममा फर्किन सक्नुहुन्छ । घाउ छिटो निको बनाउन हाम्रो प्रयास जारी रहेको छ”, उहाँले भन्नुभयो । अहिले चिकित्सकहरुले प्रधानमन्त्रीको समग्र स्वास्थ्यलाई विशेष निगरानी गर्दै उपचार गरिरहनुभएको छ । “शल्यक्रिया गरिएको घाउबाट सङ्क्रमण हुन नदिन र मिर्गौलाको कामलाई निगरानी गरिरहेका छौँ”, डा शाहले भन्नुभयो ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलबाट रक्तस्राव हुन नदिन डायलाइसिस गर्ने गरिन्छ । प्रधानमन्त्रीको मिर्गौलाको पुनः प्रत्यारोपणको कुरा आइरहेको छ नि रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा निजी चिकित्सक डा शाहले भन्नुभयो, “कुन समयमा कहाँ प्रत्यरोपण गर्ने अथवा डायइलिस जारी राख्ने भन्नेबारेमा उचित समयमा उचित निर्णय लिन्छौँ ।” सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा सेन्टरले आवश्यक सबै काम गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group