ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तान– वेस्ट इन्डिज टेस्ट : तीन दिनमै अफगान टिम धराशायी


admin
१३ मंसिर २०७६, शुक्रबार   ३ : ३३   बजे

लखनऊ, १३ मङ्सिर। वेस्ट इन्डिज र अफगानिस्तानबीच लखनऊमा खेलिएको टेस्ट क्रिकेट तीन दिनभित्रै समाप्त भएको छ । वेस्ट इन्डिजका स्पिनर राखिम कोर्नवालको घातक बलिङका कारण अफगानिस्तानको टिम ९ विकेटले पराजित भएको हो ।यी दुई टिमबीच तटस्थ खेल मैदानका रुपमा छानिएको भारतको लखनऊमा एक मात्र टेस्ट खेल हुँदैछ ।

वेस्ट इन्डिजका कोर्नवालले १० विकेट लिएपछि अफगानिस्तानको दोस्रो पालि १२० रनमै सीमित भएको थियो । जितका लागि केबल ३१ रनको चुनौती पाएको वेस्ट इन्डिजले तेस्रो दिन एक घण्टाभित्रै निर्धारित लक्ष ७।१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले तेस्रो दिनको पहिलो शत्रमा बाँकी तीन विकेट लिएका थिए । दोस्रो दिनको अन्त्यसम्ममा अफगानिस्तानले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाएको थियो ।

टस हारेर ब्याटिङको निम्ता पाएको अफगानिस्तानले पहिलो इनिङमा १८७ रन बनाएको थियो भने वेस्ट इन्डिजले २७७ रन बनाएको थियो ।अफगानिस्तानले सन् २०१७ मा टेस्ट खेल्न मान्यता पाएको थियो, र यसै वर्षको शुरुमा दुई वटा टेस्ट खेल जितेको थियो । यसैवर्ष भारतविरुद्धको टेस्ट खेलमा अफगानिस्तान दुई दिनभित्रै पराजित भएको थियो, तर मार्च र सेप्टेम्बरमा क्रमशः आयरल्याण्ड र बंगलादेशलाई अफगानिस्तानले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group