ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन २०७६ : ‘कसैले नजितेको, कसैले नहारेको’


एबीसी न्यूज
२३ मंसिर २०७६, सोमबार   १ : ०७   बजे

काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुुकको राजनीति सङ्लिँदै गएको सङ्केत गरेको छ । मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र दृष्टिकोण सार्वजनिक भए पनि विजयी उम्मेदवार, निकटतम प्रतिद्वन्द्वी र अन्य राजनीतिक दलले प्राप्त गरेको मत सङ्ख्याको विश्लेषणले राजनीतिक क्षेत्र अब क्रमशः सङ्लिँदै गएको प्रतिक्रिया व्यक्त गरिएको हो ।

कास्कीमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा २१ जना चुनावी प्रतिस्पर्धामा रहेकामा नेकपा र नेपाली काँग्रेसबाहेकका सबै उम्मेदवारको जमानत जफत भएको छ ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल भन्नुहुन्छ, “नेकपाले विगतको चुनावमा पाएकोभन्दा उपनिर्वाचनमा मत घटेको छैन, प्रतिपक्षी दलहरुको मत एकोहोरिएर नेपाली काँग्रेसको विगतको तुलनामा मत बढेको हो । यसमा सरकारलाई सचेत बनाएको वा काँग्रेसलाई विश्वास गरी नहालेको भनी बुझ्नुभन्दा अब नेपालको राजनीतिक सङ्लिँदै गएको छ भन्ने सङ्केत देखियो । जनताले ठूला राजनीतिक दललाई नै जिम्मेवार बनाउन खोजेका छन् ।”

प्रदेशसभातर्फ भक्तपुरमा १९ उम्मेदवार रहेकामा १७, बाग्लुुङका १० मध्ये आठ र दाङमा १४ मध्ये १२ जनाको जमानत जफत भएकोे निर्वाचन आयोगबाट थाहाभएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा एक मतमात्र प्राप्त गर्ने उम्मेदवारको सङ्ख्या दुई छ भने अरू तीन जनाले चार–चार मतमात्र प्राप्त गर्नुुभएको छ । कास्कीको उक्त निर्वाचनमा नेकपाका विद्या भट्टराई २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाउनुुभएको थियो ।

उपनिर्वाचनको मत परिणामले अघिल्लो निर्वाचनको भन्दा नेकपाले यस पटक प्राप्त मत सङ्ख्या नघटेको तथा विपक्षी काँग्रेसको मतसङ्ख्या बढेको देखिएको छ ।

नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसाल भन्नुहुन्छ, “सरकारप्रतिको असन्तुष्टि र कामकारवाहीबाट जनताका मुद्दा सम्बोधन हुन नसकेको र लोकतन्त्र कमजोर हुदै गएको कुरालाई मतदानमार्फत आफ्नो अभिमत दिएको हामीले बुझेका छौँ ।”

त्यस्तै, प्रदेशतर्फ भक्तपुरमा एक मत प्राप्त गर्ने एक, दुई–दुई मत प्राप्त गर्ने दुुई, चार–चार मत प्राप्त गर्ने दुुई, पाँच–पाँच मत प्राप्त गर्ने तीनजना हुुनुुहुन्छ भने बाग्लुुङमा आठ मत प्राप्त गर्ने एकजना उम्मेदवार हुनुुहुुन्छ । दाङमा भएको प्रदेशसभाको उपनिर्वाचनमा दुुईजना उम्मेदवारले दुई–दुई मत प्राप्त गर्नुुभएको छ भने एकजनाले चार मत प्राप्त गर्नुुभएको छ । नेकपाका नेता हरिबोल गजुरेल भन्नुुहुुन्छ, “उपनिर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएन, प्रमुुख दलको सामान्य स्थिति देखियो, कसैले नजितेको जस्तो, कसैले नहारेको जस्तो परिणाम आएको छ, नयाँ र साना दलको नीति र नेतृत्वप्रति जनताको आशा र विश्वास रहेको देखिएन ।”

उक्त उपनिर्वाचनको मतपरिणमाले आम जनताले धेरै राजनीतिक दल होइन, मुलुकमा लोकतन्त्रको आन्दोलनमा योगदान दिएका राजनीतिक दललाई नै थप जिम्मेवार बनाउँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ भन्ने मत प्रकट गरेको अनुमान गरिएको छ । स्थानीय तहतर्फ २५ जना उम्मेदवारले शूून्य मत प्राप्त गरेका थिए भने एक मत प्राप्त गर्ने उम्मेदवारको सङ्ख्या आठ रहेको थियो । विजयी उम्मेदवारले २६ हजार ७०९ मत ल्याउँदा धरान उपमहानगरपालिकाका एकजना उम्मेदवारले शूून्य मत पाएका थिए भने अर्का एकजना उम्मेदवारले एक मत पाए ।

समाजवादी पार्टीका नेता डा शिवजी यादवले उपनिर्वाचनको परिणामले मूल निर्वाचनको जनादेशलाई अनुमोदन गर्नाका साथै संविधान संशोधनसहित राष्ट्रका जल्दाबल्दा समस्या समाधान गरेर विकास र समृद्धिका लागि मिलेर काम गर भनी मतमार्फत ठूला दललाई जिम्मेवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group