ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु– मुख्यमन्त्री पौडेल


admin
२३ मंसिर २०७६, सोमबार   ५ : २६   बजे

 

काठमाडौं, २३ मंसिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा अख्तियार दूरुपयोय अनुसन्धान आयोगले गरेको कार्यक्रममा उहाँले प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारलाई जरैदेखिे फालेर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार विरुद्ध धेरै राम्रो काम गरेको भए पनि कतिपय अवस्थामा अख्तियारले कर्मचारीलाई आतङ्कित बनाएको उल्लेख गर्नुभयो । बेनामी उजूरीका भरमा अख्तियारले कसैलाई दुख दिनु राम्रो पक्ष नभएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अख्तियारले गर्दा विकास निर्माणका काममा असर पर्न नहुने धारणा राख्नुभयो । भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु अख्तियारको मात्र नभइ आम नागरिकको दायित्व रहेको उहाँको धारणा थियो ।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार अन्त्यका लागि सबैले व्यवहारमा नै सदाचार कायम गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने सङ्कल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने उहाँको धारणा थियो ।“जो जहाँ जुन दायित्वमा छ, उसले आफ्नो दाइत्व इमान्दारिताका साथ पूरा गर्नुपर्छ, तव मात्र भ्रष्टाचार अन्त्य हुन्छ” उहाँले भन्नुभयो । उहाँले प्रदेश सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu