ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोल्डेन गर्ल गौरिकाले ०.०२ सेकेन्डमा पाएको त्यो स्वर्ण


एबीसी न्यूज
२५ मंसिर २०७६, बुधबार   २ : ०८   बजे

काठमाडौं, २५ मंसिर । पौडीको १०० मिटर फ्रि–स्टाईलमा गौरिका सिंहले स्वर्ण पदक जितेर नेपालको खेलकुद इतिहासमा नयाँ कीर्तिमान बनाएकी छन्।

यो १७ वर्षीया सिंहको १३ ‍औँ दक्षिण एशियाली खेलकुद सागमा चौथो स्वर्ण पदक हो। यो पदकसँगै उनी यो क्षेत्रीय खेलकुदको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। साथै उनले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने तेक्वान्दोको दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन्।

सोमवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा सिंहले १०० मिटर फ्रि–स्टाईल ५८.१३ सेकेन्डमा पूरा गरिन्।

उनले भारतीय शिवाङ्गी शर्माले ०.०२ सेकेन्डले पछाडि पारिन्।

दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडिबाज गौरिका सिंह सोमबार चौथो स्वर्णका लागि प्रतिष्पर्धा गर्न पोखरीमा हाम फाल्दा आमा गरिमा राणा छेउमै मुटु थामेर बसेकी थिइन्। गरिमाले छोरी गौरिकामाथि स्वर्ण जित्न थपिएको दबाब नजिकबाट नियालेकी थिइन्।

जब गौरिकाले स्वर्ण जितिन्, गरिमा खुसीले चिच्याइन्। म धेरै खुसी छुु, गरिमाले भनिन्, ुमिडियामा आएका समाचारले ठूलो आशा सिर्जना गर्दा दबाब थियो। उसले पनि नेपालका लागि स्वर्ण नै चाहेकी थिइन्। नेपालको आशा पूरा गरिन्, इच्छा पूरा गरिदिइन्।’ गौरिकामाथि स्वर्ण जित्ने दबाब कतिसम्म थियो भने समर्थकले हुटिङ गरिरहँदा समेत उनले आँखा खोल्न सकेकी थिइन्। ुभीडबाट समर्थनको आवाज आइरहेको थियो। हेर्नै डर लाग्यो, म जितेँ कि (भारतशिवाङ्गी शर्मा) जित्यो गौरिका भन्छिन्, निकै सानो अन्तर थियो।’ उनले भारतीय शिवाङ्गी शर्माले ०.०२ सेकेन्डले पछाडि पारिन्।

गौरिकाले यसअघि नै २ सय मिटर फ्रिस्टायलय,२ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टयाल तर्फ पनि स्वर्ण जितिसकेकी थिइन्।

छोरी गौरिका प्रतिष्पर्धामा अठोट साथ प्रस्तुत भएकै कारण जीत हात पार्न सफल भएको गरिमाको ठम्याइ छ। त्यसो त गौरिकालाई पनि जितेका चार स्वर्ण मध्ये चौथो स्वर्ण नै सबैभन्दा प्यारो छ। स्वर्ण पाउने/नपाउने थाहा थिएनु, गौरिका भनिन सवैभन्दा पछि पाएको स्वर्ण मेरो चार मध्ये सबैभन्दा उत्कृष्ट लाग्यो।’

चौथो स्वर्णसँगै गौरिकाले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने नेपाली तेक्वान्दो खेलाडी दीपक बिष्टसँग रेकर्ड बराबरी गर्न सफल भइन्। दीपकले चार सागमा खेलेर ४ वटा स्वर्ण जितेका थिए। तर गौरिकाले बराबरी मात्र होइन एउटै सागमा चार स्वर्ण जितेर नयाँ रेकर्ड बनाइसकेकी छिन्। गौरिकाले जति पनि प्रतिष्पर्धामा भाग लिइन् नेपाललाई उनले मेडल दिलाइन्।

सागका लागि गौरिकाको परिवारले बेलायतमा उनलाई आवश्यक तालिम दिएको थियो। यो वर्ष नयाँ कोच राखेर तालिम गर्‍यौँ गौरिकाले भनिन्, थाहा थिएन चार स्वर्ण आउँछ भनेर। गौरिकाको जितमा उनको परिवारको ठूलो साथ छ। बुबा पारस सिंह र आमा राणा हरेक प्रतिष्पर्धामा उनको हौसला बढाउन पुग्ने गरेका छन्। गौरिकाका बुवा पारस सिंह छोरीसँग स्वर्णको आशा भएपनि चार स्वर्णको आशा नगरेको बताउँछन्। ुस्वर्ण जित्छ भन्ने थियो। पारसलाई छोरीले कतिपय खेलमा आफ्नो समय सुधारेकोमा खुसी मिलेको छ। त्यो भन्दा धेरै खुसी भारतका राष्ट्रिय स्तरका खेलाडीलाई छोरीले हराउँदा लागेको छ।

भारतले सबै राष्ट्रिय विजेताहरुलाई पठाएको थियो। उनीहरुलाई हराउनु ठूलो उपलब्धि हो।’ छोरीलाई राष्ट्रका तर्फबाट प्रोत्साहन भए आगामी दिनमा थप राम्रो गर्ने आशा पारसको छ। गौरिका भने अब ओलम्पिकका लागि तयारी गर्ने मुडमा छिन्। म भविष्यबारे बताउन सक्दिन। पहिला त मैले ओलम्पिकका लागि छनोट हुनुपर्ने छ। नौ महिनाको समय छु, गौरिकाले भनिन्, ओलम्पिकमा छनौटका लागि तयारी गर्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group