ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पताललाई सुविधासम्पन्न गराउँछौँ– मन्त्री बराल


admin
२५ मंसिर २०७६, बुधबार   ६ : ४२   बजे

काठमाडौं,  २५  मंसिर । प्रदेश नंं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश मातहतका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार लागेको बताउनुभएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज आयोजना गरिएको कार्यक्रममा मन्त्री बरालले सो कुरा बताउनुभएको हो ।

मन्त्री बरालले अब सबै अस्पतालमा अत्यावश्यक सेवाहरु सञ्चालनका लागि मेशिन औजार खरिद गर्ने तयारी गरेको बताउनुभयो । उहाँले सबै अस्पतालमा आइसियु, एनआइसियु र भेन्टिलेटर लगायतका सेवाहरु सञ्चालन गर्ने बताउनुभयो । “अब अस्पतालहरुलाई रिफर सेन्टर बनाउने होइन सेवा सुविधा सम्पन्न गराई स्थानीयस्तरमै सबै सेवा प्रवाह गर्ने तयारीमा सबै लाग्नुपर्छ”, मन्त्री बरालले भन्नुभयो । उहाँले त्यसका लागि सबै अस्पतालले अब भौतिक विकास र सेवाका लागि गुरुयोजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

“हाम्रा अस्पतालहरु डाक्टरहरुले नै कुन कोठामा जाने भन्ने द्विविधा उत्पन्न हुनेगरी भौतिक निर्माण भएका छन् अब त्यसलाई सुधार गर्नुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री बरालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यसै वर्ष सिटिइस्क्यान, एनआइसियु र चौबिसै घण्टा डाइलाइसिस सेवा सञ्चालन गर्ने तयारीमा लाग्नसमेत निर्देशन दिनुभयो ।

मन्त्री बरालले सबै जिल्लाका स्वास्थ्य केन्द्रहरुमा आइसियुसेवा सञ्चालन र कम्तीमा पनि पाँच वेटको व्यवस्था गर्ने तयारी सरकारले गरेको बताउनुभयो । मन्त्री बरालले धेरै स्थानबाट आफूलाई अस्पतालमा थप श्यया सङ्ख्या थप्ने दबाब आएको भन्दै श्यया थपेरमात्र नहुने बताउनुभयो । “मलाई धेरै स्थानबाट अस्पतालमा श्यया सङ्ख्या थपका लागि दबाब आएको छ श्ययाहरु थपेरमात्र हँुदैन सेवा विस्तार गर्नुपर्छ”, मन्त्री बरालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu