ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ औं राष्ट्रिय ज्यापु दिवसको अवशरमा कलाकार सुरेन्द्र महर्जन लगाएत विभिन्न श्रष्ट्राहरु सम्मानित


एबीसी न्यूज
२७ मंसिर २०७६, शुक्रबार   १ : १९   बजे


काठमाडौं, २७ मंसिर  । १६ औं राष्ट्रिय ज्यापु दिवस तथा य: मरि पुन्हीको उपलक्ष्यमा नगद पुरस्कार, पदक तथा विशेष सम्मान वितरण कार्यक्रम राजधानीमा प्रमुख अथिति उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको आथित्यमा सम्पन्न भएको छ ।

यसै अवसरमा कवि, गीतकार, गायक, चित्रकार, कलाकार सुरेन्द्र महर्जन ”अमर” विषेश सम्मानबाट सम्मानित हुनु भएको छ । मंगल सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रम भब्य सभ्य रूपमा उपत्यकाको परिक्रमा गरि बषन्तपुरमा गएर सभामा परिणत भएको थियो ।

हरेक बर्ष लाखौंको नेवारहरूको सहभागितामा राजधानीमा यसैगरी ज्यापु दिवस मनाउने गरिन्छ । कार्यक्रम राजधानीको वषन्तपुरमा हजारौं हजार नेवारहरूको सहभागी रहेको थियो । नेवारी भेष भुषाले सुसज्जित कार्यक्रमको रौनक नै बेग्लै देखिन्थ्यो भने नेवारी बाजागाजाका साथ र्‍यालीमा सहभागी नेवारहरू कार्यक्रम अवधिभर बाजागाजाबाट कार्यक्रम सुसज्जित रहेको थियोे ।

अतिथिहरू काठमाडौ महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य, कार्यक्रम संयोजक सन्त कुमार महर्जन, युवराज दुवाल, माननीय कृष्ण गोपाल, राजभाई डकर्मी आदि रहेको समारोहमा अन्य विद्याहरूमा ज्यापु बाल प्रतिभा पुरस्कार गुन्जन महर्जन, शिक्षामा जुजुमान महर्जन, खेलकुदमा सुनिता महर्जन र उज्ज्वल महर्जन, सांस्कृतिक/संगीतमा नरेश प्रजापति संचारमा लक्ष्मणमान डंगोल र रत्नकाजी महर्जन, कलामा मनिका डंगोल, समाजसेवामा सरिता महर्जन, सुवर्ण केसरी महर्जन, कृष्णलाल महर्जन, बाबु कृष्ण महर्जन, डा. मृगेन्द्रलाल सिंह, हरिराम जोशी, कृष्ण गोपाल श्रेष्ठ, देव नेवार, एस. पि प्रधान, सोम बहादुर श्रेष्ठ, डा. हिरामन प्रधान, जितेन्द्र लाल श्रेष्ठ ”रसिक” रत्नकेशरी प्रजापति, रत्नकाजी महर्जन, भाईराजा महर्जन, ज्ञानमाया महर्जन, जोगलाल महर्जन, नारायणकृष्ण महर्जन, बुद्धि बहादुर महर्जन, तुल्सी बहादुर घवा: पुर्णमान महर्जन र तिर्थनारायण महर्जन आदिलाई नगद पुरस्कार, पदक र विशेष सम्मानबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu