ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दुर्घटनापछि मात्र उपचार खोज्ने प्रवृत्ति अन्त्य गरौँ’


admin
२७ मंसिर २०७६, शुक्रबार   ७ : २६   बजे

काठमाडौं, २७ मंसिर । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दुर्घटनापछि मात्र उपचार खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । विश्व खाद्य कार्यक्रमद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रममा उहाँले समस्या सिर्जना भएपछि मात्र तयारी गर्ने बानीमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

विपद् जोखिम घटाउन कर्णाली सरकारले विभिन्न लोककल्याणकारी योजना ल्याएको जानकारी दिँदै मन्त्री भण्डारीले नागरिक पनि सचेत नबने सरकारी प्रयासले सार्थकता नपाउने धारणा राख्नुभयो । “कर्णालीमा भूकम्पीय जोखिम बढी छ, बाढीपहिरोले वर्षेनि क्षति पु¥याइरहेको छ”, उहाँले भन्नुभयो, “समुदाय आफँै सचेत हुन सके विपद्बाट मानवीय क्षति कम हुनसक्छ, दुर्घटना निम्तिसकेपछि चेत खुल्ने प्रवृत्तिबाट भने हामी सबै मुक्त हुनुपर्छ ।” मन्त्री भण्डारीले प्रदेश सरकारले १७ लाख नागरिकको दुर्घटना बीमा गरेको जानकारी दिनुभयो । विपद्मा परी ज्यान गुमाउने नागरिकलाई रु दुई लाख आर्थिक सहायता प्रदान गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले विपद् व्यवस्थापनका लागि एकीकृत बस्ती विकासमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै, विश्व खाद्य कार्यक्रमले प्रदेश राजधानी वीरेन्द्रनगरको शिवालय चोकमा मानवीय सहायतास्थल निर्माण गर्ने जनाएको छ । कार्यक्रमले १८ सय वर्गमिटरमा चार भवन निर्माण गरी राहत तथा उद्धार सामग्री, खाद्यान्न सामग्री भण्डारण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group