ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहे गरेर ल्याएको भोलिपल्ट श्रीमतीको हत्या, खै त बुहारी ? भन्दा यस्तो भो


एबीसी न्यूज
२९ मंसिर २०७६, आइतबार   ८ : ४८   बजे

 

धादिङ, मंसिर २९ । गएको मंसिर ९ गते धाङिको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले मकवानपुरकी २० वर्षीया अनिसा तामाङलाई बिहे गरी घर भित्र्याएका थिए ।

मंसिर १० गते दिउँसो अनिसालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा देखेनन् । उनीहरुले सोधे, ‘खै त बुहारी ?’

अर्जुनले जवाफ दिए, ‘माइती गएकी छे ।’ तर धेरै दिनसम्म पनि माइत गएकी भनेर ढाँटेपछि छिमेकीले शंका गर्न थाले । त्यसमाथि केही गन्हाएको पनि थाहा पाएपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको ?’

अर्जुन र उनका केही आफन्तले गोरु मरेको हो भनेर छिमेकीलाई बताए । तर वरिपरि कसैको गाईगोरु पनि नमरेको र अनिसा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या भएको छिमेकीले आशंका गरे ।

अर्जुनले बिहे गरेर ल्याएको भोेलिपल्ट राति अनिसाको घाँटी थिचेर हत्या गरेका रहेछन् । त्यसपछि उनले घटनालाई लुकाउन अनिसाको शव सेप्टिक ट्यांकीमा फालेर बेपत्ता बनाए ।

छिमेकीले घटनाबारे केही जानकारी पाएपछि प्रहरीलाई खबर गरे । गाउँलेले नै थाहा पाएपछि घटना बाहिर आएको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष देवहादुर पुलामीले बताउनुभयो ।

गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिसाका श्रीमान अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले जानाकारी दिनुभयो ।

शौचालयको सेप्टिक ट्यांकीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेर अनिसाको लास हालिएको अवस्थामा भेटिएको थियो । सेप्टिक ट्यांकीको ढकनी ठूलो भएकोले एक जनाले मात्र खोल्न सक्ने अवस्थामा नरहेकोले उनिहरु मिलेर हत्या गरेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

शौचालयमा दिसापिसाब नगरेका कारण अभियुक्तले दिनदिनै धेरै पानी हालेर राख्ने गरेको गाउँलेले बताएका छन् । अहिले अनिसाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group