ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्तव्य ज्यान मुद्दा का ४ फरार अपराधी पक्राउ


एबीसी न्यूज
२९ मंसिर २०७६, आइतबार   १० : १५   बजे

सिरहा, २९ मंसिर । सिरहाको विभिन्न ठाउँबाट कर्तव्य ज्यान मुद्दासहित विभिन्न चार मुद्दाका चारजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा र मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिरहा जिल्लाको छुट्टाछुट्टै ठाउँबाट बिहीबार देखि आइतबार सम्म चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीका अनुसार झाँक्री हत्यामा संलग्न सिराहा नगरपालिका ८ महिसोथाका करिब २० वर्षीय नन्दु भनिने रामनन्द महरालाई प्रहरीले पक्राउ गरिएको छ । आपसी लेनदेनको विषयमा बढेको विवादपछि झारफुक गरी जीविकोपार्जन गर्दै आएका भारतीय झाँक्रीको पछिल्लो २१ कात्तिकमा हत्या गरी फरार रहेका महरालाई महिसोथा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको एसपी चतुर्बेदीले बताए ।

पाँचजना पहिले नै पक्राउ
लेनदेनको विषयमा बढेको विवादले भारत बिहारस्थित जिल्ला मधुवनीको ललमनियाका ४० वर्षीय झाँक्री राजकुमार यादवको हत्या भएपछि प्रहरीले पाँच जनालाई कात्तिकको अन्तिम हप्ता पक्राउ गरी कानुनी कारबाही थालेको थियो । प्रहरीले झाँक्रीको हत्यामा संलग्न रहेको आरोपमा साविक बडहरामाल गाविस ७ घर भई हाल धनगढीमाई नगरपालिका १० धनगढी का ३८ वर्षीय फुलगेन साह, धनगढीमाई ११ का १९ वर्षीय रामकुमार साह, मिर्चैया नगरपालिका ४ का २० वर्षीय जितेन साह, धनुषाको कमला नगरपालिका ६ सखुवामडान का २५ वर्षीय अजयकुमार महतो र २१ वर्षीय राजलाल महतो छन् ।

आफ्नो गाउँ र सीमावर्ती नेपाली गाउँहरूमा आफन्तमार्फत् सम्बन्ध बढाएर झारफुक गरी जीविका चलाउँदै आएका मृतक झाँक्रीको पछिल्लो समय धनगढी टोलका फुलगेनसँग चिनजानसँगै घनिष्ठता बढेको थियो । घनिष्ठताकै आधारमा फुलगेनले मृतक यादवको छोरीको विवाहमा ८६ हजार रुपैयाँ सापटी स्वरुप दिएको अनुसन्धानमा खुलेको एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

‘फुलगेनको माध्यमबाट झाँक्री यादवको चिनजान छिमेकी धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला नगरपालिका ६ का अजय, राजलाल र रामकुमारसम्म पुगेको भेटियो’ प्रहरी उपरीक्षक चतुर्वेदीले भने ‘भूतप्रेत भगाउन भन्दै झाँक्रीले गरेको झारफुकले बिरामी सन्चो नभएको बरु रकम मात्र असुलेको विषयमा गुनासो गर्दा झाँक्रीले उल्टै मन्त्र प्रयोग गरी बिसन्चो बनाएको भन्दै हत्याको योजना बनाएको देखिन्छ ।’

ज्यान मार्ने र अंगभंग मुद्दाका पनि समातिए
प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका( १९ जोगिया टोलका २५ वर्षीय कृष्णकुमार यादवलाई पक्राउ गरिएको छ । स्थानीय ३९ वर्षीय सूर्यनारायण मण्डलको घरमै पुगेर गत ३ असोजमा फलामे रड र घाँस काट्ने गरसाले आक्रमण गरी फरार भएका यादवलाई खोजतलाशको क्रममा जोगिया गाउँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अर्नामाबाट खटिएको प्रहरी टोलीले कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय विनोदकुमार यादवलाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले सिरहाको अर्नामा गाउँपालिका ३ घर भएका यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर थप अनुसन्धान भइरहेको एसपी चतुर्बेदीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group