ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोक दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ६ जनाको सनाखत


एबीसी न्यूज
२९ मंसिर २०७६, आइतबार   ४ : १८   बजे


सिन्धुपाल्चोक, २९ मंसिर ।  सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । ज्यान गुमाउनेमध्ये ६ जनाको परिचय खुलेको छ भने दुर्घटनामा १७ जना घाइते भएका छन् । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।

घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिँदा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का अन्दाजी २४ वर्षका सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षका सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षका जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षका मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का अन्दाजी २९ वर्षका महेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षका चिनु बस्नेतको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुुभयो ।
दुुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

उनीहरुको हेम्स, धुलिखेल, केएमसी र सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।दोलखाको कालिन्चोक दर्शन गरेर फर्केका उनीहरु शनिबार सिन्धुपाल्चोक मुढेमा बास बसेर बिहान भक्तपुरको सूूर्यविनायक फर्कँदै गर्दा ६ किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुुभयो । गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu