ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउने कामको थालनी (भिडियोसहित)


एबीसी न्यूज
३० मंसिर २०७६, सोमबार   १२ : ०१   बजे

काठमाडौं, ३० मंसिर । गास, बास र कपासको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भए पनि नागरिकले त्यसको अनुभुति समेत गर्न पाएका थिएनन् तर अब वर्षाैदेखि सडकमा बस्दै आएका नागरिकलाई मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाण्डौ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन लागिएको छ ।

आइतबार काठमाडौ महानगरपालिकाले २५औ महानगर दिवसको अवसरमा सडकमा जीवन व्यतित गर्न बाध्य बेसहारा अभिभावकविहीन तथा सबै समुहका व्यक्तिलाई उचित बसोबास र स्याहारसुसारको व्यवस्थासहित सडक मानवरहित महानगरको घोषणा महाअभियान सुरु गरेको छ । भरतपुर महानगरबाट सुरु भएको यो अभियान नेपालका ७७ जिल्लामा सञ्चालन गर्ने भएको छ । काठमाडौ महानगरपालिकालाई सडक मानवरहित बनाउन र गास, बास र कपासबाट कसैलाई बन्चित हुन नदिन सडक मानवरहित महानगर बनाउने यो अयोजनालाई अघि सारेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

कोही पनि बेसहारा, असहाय हुन नपरोस सबै लाई सबैलाई समान हक र अधिकारसहित बांच्न पाउन भन्ने उद्देश्यले मानव सेवा आश्रमको स्थापना भएको दाबी गरिएको छ । सडक पेटीमा अलपत्र परेका व्यक्ति, असहाय, अपांग, मनोरोगीको सब समूहका व्यक्तिको उद्धार गरेर मानवताको पहिचान दिइने मानव सेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टण्डनले बताउंछन् ।

नागरिकलाई नागरिकको हकको अनुभूति दिने नाममा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । तर, एकपटक कार्यक्रम गरेपछि बिस्तारै सबै सेलाएर जाने प्रवृति देखिंदै आएको छ । काठमाडौं महानगर देशको संघीय राजधानी समेत भएको महानगर हो । यसैले यो महानगरमा कोही पनि खान, बस्न लाउन नपाउने अवस्था हुनुपर्छ । महानगरले अभियानै चलाएर सडक मानवमुक्त गर्न खोजेको छ । सडकमा पेशाको रुपमा मानिसलाई भीख माग्न लगाउने प्रवृत्तिलाई समेत महानगरले निरुत्साहित गर्न खोजेको छ । तर, यो अभियान प्रभावकारी रुपमा कार्यन्वयन हुन्छ या हुंदैन, विगतमा महानगरका नारा, प्रद्धिवतता र व्यवहार हेर्दा शंका गर्ने ठाउं बांकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group