ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ लाई सुन्दर पर्यटकस्थल बनाउँछौं– मुख्यमन्त्री राई


admin
१६ पुस २०७६, बुधबार   ६ : ५३   बजे

काठमाडौं, १६ पुस ।नेपाल भ्रमण वर्ष–२०२० आज यहाँ भव्यरूपमा शुभारम्भ गरिएको छ । स्थानीय शहीद रङ्गशालामा आयोजित शुभारम्भ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सैनिक विद्यालय धरान, लाखेनाच, नेपाल स्काउट, विभिन्न जातजातिले झाँकी प्रदर्शन गरे ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई सुन्दर पर्यटकस्थल बनाउन प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रबाट ग्रार्हस्थ उत्पादन अगामी दिनमा १।५ प्रतिशतबाट ५ प्रतिशत बनाउने भन्दै यस क्षेत्रको समग्र विकास गरी गरीबी निवारण र रोजगारी सिर्जन गरिने बताउनुभयो । प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले यसको पूर्वाधार विकासमा लागि परेको जानकारी दिँदै उहाँले पर्यटन क्षेत्रको विकास गरी यस क्षेत्रमा आगामी दिनमा ३२ हजार रोजगारी सिर्जना हुने दावी गर्नुभयो । अध्यायन र अनुसन्धानका लागि यो प्रदेश निकै महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको विकास गरी समृद्धिको आधार तयार हुने धारणा राख्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले हामीसँग प्रशस्त सम्भावना हुँदा पनि देशले अग्रता लिन सकेन, अब मुलुकमा भएको पछिल्लो राजनीतिक परिवर्तनले यी सबै सम्भावनाको उच्चतम प्रयोग र उपयोग गरी पर्यटकस्थलको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले पर्यटक मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई अलग गरेर देशमा विकास हुन नसक्ने भन्दै प्रदेश नं १ भौगोलिक, धार्मिक, ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले पनि बेग्लै पहिचान बनाएकाले यसको समग्र विकासमा प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्नुभयो । नेपालमा भ्रमण वर्षको शुरुवात सन् १९९८ बाट शुरु भएको हो भने दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० लाई कायम गरेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा मनाउन विस २०७४ साउन २९ गते घोषणा गरेको थियो ।

प्रत्येक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन तीव्र गतिमा काम गरिरहेको पाइएको छ । यही सन्दर्भमा नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य रूपमा मनाउन सरकारले छनोट गरेको १०० गन्तव्यस्थानमा प्रदेश नं १ मा १६ स्थान रहेको छ । यी सबै स्थानको विकास विस्तर एवं पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु एक अर्ब ५१ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि जलमापन केन्द्र बगे, पूर्वसूचना प्रणाली प्रभावित

नेपालका बाढी प्रभावितका लागि सिक्किमबाट ३५ सदस्यीय राहत टोली

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu