ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्ड झापामा, पूर्वी नेपालमा चुनावी माहोल तातियो[फोटो फिचर]


sharan sharan
२ मंसिर २०७४, शनिबार   ६ : ११   बजे

झापा, २ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट पुर्वि नेपालको चुनावी दौडाहा सुरु गर्नु भएको छ । आज पुर्वको झापाका बिभीन्न सभाहरुलाई सम्बोधन गर्दै उहांहरुले अव नेपालमा कम्युनिष्ट सरकार बन्नबाट कसैले रोक्न नसक्ने बिचार ब्यक्त गर्नुभएको छ । अध्यक्ष द्धयले देशमा कम्युनिष्ट एकता भईसकेको भन्दै औपचारीक घोषणा निर्वाचन पछि गरिने बताउनुभयो । वामपन्ंथी सरकार बहुमतका सरकार हुन बाट कसैले रोक्न नसक्ने उहांहरुको भनाई छ ।
अध्यक्ष ओलीले झापाको दमकमा चुनावी आम सभालाई सम्वोधन गदै देश हाक्दै कसैले हल्लाउन नसक्ने पार्टी निर्माणको लागी महान अभियानमा लागेको जिकीर गर्नुभयो । उहांले जनताका समस्या समाधान गर्नसक्ने वामपन्थिको बहुमतको सरकार हुने र सरकार गठनमा कसैले रोक्न नसक्ने बताउनु भयो । ओलीले कांग्रेसका नेताहरुले बामपन्थीको सरकार बने देशमा अधिनायकबाद आउने कुरा गर्नु र जताततै बम बिस्फोट हुनु संयोग मात्र नभएको समेत आरोप लगाउनु भयो ।कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकता विगतमा जस्तो नभएको र आकस्मिक रूपमा पनि नआएको स्पष्ट पार्नु भयो ।

उहांले मुलुकलाई ७० वर्षदेखिको राजनैतिक अस्थिरताको भुमरीबाट निकाल्दै देशलाई समृद्धि र समाजवादतर्फ जान अघि बढन् कम्युनिस्ट एकताको लागी आफुहरुले जोखिम मोलेकको बताउनु भयो ।अध्यक्ष प्रचण्डले बामशक्तिले जित्दा अधिनायकवाद र कंग्रेसले जित्दा लोकतन्त्र हुने भन्ने कुरा राजनीतिक भ्रम मात्र भएको दावी गर्नुभयो । चुनाउ रोक्न अनेक षड्यन्त्र भएकोले यसलाई चिर्न गठबन्धन तयार भएको उदघोष गर्नुभयो । चुनावको माहोल ह्वात्तै बढेको छ, जनता सडकमा आइसकेको बताउदै जनताले सही निर्णय मतबाट गर्ने भएकोले केही शक्ति अत्तालिएको बताउनु भयो । साथै प्रचण्डले बिर्तामोडमा आयोजित स्वास्थ्य महोत्सवको पनि उदघाटन समेत गर्नुभएको थियो ।

 उहांले कम्युनिष्टहरुबीच एकिकरण गर्दै स्थिर सरकार बनाउने र समृद्धिको यात्रा तय गर्ने बताउनु भयो । केपी वलीले पन्चायतको विरुद्धमा संघर्ष गरेको चर्चा गर्दै, जनयुद्धले सामन्ती राजतन्त्र ढलेर गणतन्त्र आएको जिकिर गर्नुभयो । अध्यक्ष द्धय ओली र प्रचण्डले बिर्तामोडमा आयोजित स्वास्थ्य महोत्सवको पनि उदघाटन समेत गर्नुभएको थियो ।
अध्यक्ष ओली र प्रचण्डले आईतबार काकडभित्ता र बिराटचोकको चुनावी सभालाई सम्बोधन गर्नुहुने वामगठबन्धनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group