ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिर सरकार बिना शान्ति र स्थायित्व असम्भव : केपी ओली


sharan sharan
५ मंसिर २०७४, मंगलबार   ७ : ३१   बजे

चितवन, ५ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति र स्थायित्वका लागि स्थिर सरकार आवश्वयक रहेको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आयोजित बाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको दावी गर्नुभयो । उहांले बाम गठबन्धनले समृद्ध नेपाल, सुखी नेपाली बनाउने देशव्यापी अभियान सृजना गरेको बताउनुभयो । अध्यक्ष ओलीले कम्युनिष्ट सरकार बन्ने भयो भनेर नआत्तिने कांग्रेसलाई आग्रह समेत गर्नुभयो ।
अध्यक्ष ओलीले देशव्यापी रुपमा उम्मेद्वारलाई आक्रमण हुंदा पनि सरकार आंखा चिम्लेर बसेको आरोप लगाउनुभयो । चुनाव सार्ने योजनाका साथ चुनाव विरोधी गतिविधि भएको भन्दै उहांले चुनाव कुनै पनि हालतमा सम्पन्न हुने वताउनुभयो । अध्यक्ष ओलीले कामचलाउ सरकारले कर्मचारी सरुवा गरेर चुनाव विरोधी गतिविधि वढाएको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो ।
यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई झुटको खेती नगर्न आग्रह गर्नुभयो । जनसभालाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिष्ट विरुद्ध अफवाह फैलाएर कांग्रेसले झुटको खेती गरेको दावी गर्नुभयो । उहांले कम्युनिष्टको सरकार आए देशमा एकदलीय शासन आउंछ भनेर कांग्रेसले गलत प्रचार गर्दै हिंडेको बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखि नै देश र जनताको पक्षमा काम गरेको भन्दै नेता नेपालले जनताले आफ्नो पार्टी प्रष्ट छुट्याउने बताउनुभयो ।
यसैगरी एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनलाई आर्थिक राजधानी बनाउने बताउनु भयो । उहांले प्रचुर सम्भावना भएको चितवनलाई बाम गठबन्धनको सरकारले आर्थिक राजधानी वनाउने दावी गर्नुभयो । चितवनमा भएको सभामा माओबादी अध्यक्ष प्रचण्ड सहभागी भएपनि सम्बोधन भने गर्नु भएन । पुत्र शोकमा रहनुभएका प्रचण्डकै आग्रहमा स्थगित गरिएको चुनावी सभा आज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu