ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुखुराको मासु किन्दा होसियार बन्नुस्, राजधानीमै मरेका कुखुराहरु गाडिदैैनन् बेचिन्छन् (भिडियोसहित)


एबीसी / संवाददाता
२१ माघ २०७६, मंगलबार   १ : ००   बजे

काठमाडौं, २१ माघ । बजारमा केही दिनयता कुखुराको मासुको भाउ निरन्तर बढिरहेको छ । शनिबारदेखि जिउदो ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४ सय ३० र खसीको मासु प्रतिकेजी १३ सय रुपैयासम्म पुगेको छ । कुखुरा, खसी–बोका लगयत पशुजन्य स्वदेशी उत्पादन न्यून तथा भारतबाट आयात गर्न पनि सरकारले कडाई गरेका कारण मासुजन्य सामाग्रीको भाउ बढिरहेको जानकारहरुले बताएका छन् ।

बजारमा कुखुरा, खसी–बोका लगायतका मासुजन्य सामाग्रीको भाउ निरन्तर बढिरहेको छ । गत एक महिनादेखि निरन्तर रुपमा बढिरहेको ब्रोइलर कुखुराको भाउ अहिले प्रतिकेजी ४ सय ३० र खसी–बोकाको भाउ प्रतिकेजी १३०० रुपैंया सम्म पुगेको छ । गत असार १० गते प्रतिकिलो ३ सय रुपैंया रहेकोे कुखुराको मासुको भाउ बढेर असार १७ गते ३ सय १५ रुपैंया पुगेको थियो । त्यसपछि असार २३ मा रु ५ रुपैंयाले बढेर ३ सय २० र असार मसान्तसम्म प्रतिकिलो ३ सय ५० पुग्योे । असारमा मात्रै ४ पटक बढेको ब्रोइलर कुुखुराको मासुको मूल्यमा अत्याधित्र वृद्धि भई अहिले ४ सय देखि ४ सय ३० रुपैंयासम्म पुगेको छ ।

यो वर्षको सुरुवातमै खसीको भाउ २ सयको हाराहारीमा वृद्धि भई प्रतिकिलो १२ सयसम्म पुगेको थियो जहा“ जिउ“दो खसी–बोकाको मूल्य पनि १ सय ५० ले वृद्धि भएको थियो । पशु बधशाला तथा मासु जा“च ऐन २०५५ लाई कडाईका साथ कार्यान्वयन गर्ने उद्येश्यका सरकारले मापदण्ड नपुगेका खसी–बोकालाई नेपाल आयातमा रोक लगाईएको सरकार पक्षले बताईरहेको छ । त्यसो त भारतबाट वार्षिक ६ लाख संख्याको हाराहारीमा खसी आयात हु“दै आएकोमा पछिल्लो वर्ष ५ लाख खसी आयात भईरहेको तथ्यांक छ । स्वदेशमै उत्पादित खसी–बोकाको उचित बजार व्यवस्थापन हुन नसकेका कारण पनि मासुजन्य सामाग्रीहरुको भाउ स्थीर हुन नसकेको सरोकारवालाहरु बताउ“छन् । खसी–बोका लगायत पशुपालनको क्षेत्रमा पहिलेभन्दा किसानहरु आकर्षित त भएका छन् तर पनि यसको बजारीकरण एकदमै झन्झटिलो छ, व्यापारी तथा किसानहरुले एउटा–एउटा खसीको छुट्टा–छुट्टै कर तिनुपर्छ, स्थानीय तहमा गएर स्वकीकृति लगायत प्रत्येक खसीको पशु चिकित्सकहरुस“ग चेक, जा“च गराउनुपर्छ । आधारभूत बजारको अभावमै ती पशुजन्य उत्पादनहरु खरीबिक्री तथा आयातनिर्यातमा समस्या छन् । उता भारतबाट कपिलवस्तु लगायतका तराई जिल्ला हु“दै चरणका नाममा पशुहरु लिलाम हुने गरेका छन् । तिनीहरुको भने न त, कर छ । न त, स्वास्थ्य जा“च नै, त्यै पनि सोझै आमउपभोक्ता माझ आईपुग्छन् । यसबाट राज्य पनि ठगिन पुगिरहेको छ नै, आम स्वास्थ्यप्रति पनि खेलवाड भईरहेको छ । स्वदेशी उत्पादन कम भएकै कारण मात्रै मासुजन्य उत्पादनको भाउ नबढेको सरोकारवालाहरु बताउ“छन् । भन्सारमा जिउ“दो खसीको मूल्य प्रतिकिलो ३ सय पर्छ, बजार आईपुग्दा ६ सय रुपैंयाभन्दा माथी तिनुर्पछ, यहा“का व्यापारीले २० रुपैंया नाफा लिएर त बेच्नैप¥यो, उनीहरु बताउ“छन् ।

गत मंसिर मसान्तमा कुखुरा चल्ला उत्पादकहरुले ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरेका थिए । यो कामलाई मानव अधिकारवादीहरुले क्र्र र आतंक सिर्जना गर्न खोजेको भन्दै आरोप पनि लगाईरहेका छन् । पैसाकै लागि प्राणाी माथीको संवेदनशीलतासमेत गुमाउनेहरुबाट स्वस्थकर र गुणस्तर उपभोग्य सामाग्रीहरुको आशा गर्न नसकिने उनीहरुको भनाई छ । त्यसो बजार नियन्त्रणको अभाव र फितलो अनुगमनको कारण पनि बारम्बार बजार भाउमा ठूलो अन्तर हुने गरेको छ । यतिमात्रै होईन, महंगो मूल्य तिरेपनि स्वस्थकर मासु उपभोक्ताले खान पाएका छैनन् । त्यस्तै प्रत्येक बधशालामा रागा भन्दै बुढो भैसीहरु बेचिरहेका छन्, बाटोमै मरेका कुखुराहरु पनि गाडिदैैनन्, त्यो पनि बजारमा नै बेचिन्छन् । संविधानले आम उपभोक्ताको गुणस्तरी वस्तुको उपभोग गर्ने अधिकार सुनिश्चित गरेको छ । तर, छरपष्ट रुपमा रहेको बजारलाई नियन्त्रण, नियमन र अनुगमन गर्ने संयन्त्र कमजोर रहेका कारण आम उपभोक्ता मारमा परिरहेका छन् । यसतर्फ, राज्य लगायत सम्बन्धित निकायले कहिले गम्भिरतापूर्वक सोच्ने ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group